Clinic

Attending Doctors:

Dr. Ambika Pd. Gyawali (MD)

Dr. Roj Prajapati( BHMS)

Online Consultation

Opening Hours: 7:00 AM to 1:00 PM (Sunday Closed)

Nepal is one of the economically weak countries with a variety of socio-economic background.  As far as health facilities are concerned, there are great variations in health care facilities in the country due to the socio-economic factors. There is a concentration of doctors in urban areas, whereas there is a serious paucity of doctors in rural areas. Hence people from rural areas suffer a serious lack of medical care. Bhaktapur, being one of the ancient cities though smallest district of the country with a dense population also lacks health care facilities. So this Bhaktapur Homoeopathic Clinic, under the Centre for Alternative Teaching and Healing has been initiated to serve those who always seek proper treatment. A high priority is given to the patients having a low economic background, providing very cheap homoeopathic treatment which has had a unique role in this situation.

होमियोप्याथिक उपचार पद्धतीबारे संक्षिप्त जानकारी

होमियोप्याथी जर्मनीका प्रसिद्ध डा. स्यामुयल हानेमनले आविष्कार गरेको चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारबाट मान्यता प्राप्त यो चिकित्सा पद्धती विश्वका धेरै देशहरुमा खासगरी युरोप, अमेरिका, भारत लगायतका देशहरुमा यो पद्धती अत्यन्त लोकप्रिय छ । यो पद्धतीमा उपचार गर्दा विरामीमा विद्यमान कुनै खास रोग वा लक्षणको मात्र उपचार नगरी उक्त विरामीलाई हाल विद्यमान रोग लाग्नुपर्ने कारणलाई जरै देखि पत्ता लगाउनु पर्ने हुन्छ । सम्पूर्ण शारीरिक, मानसिक, संवेदनात्मक साथै आफ्नो स्पष्ट जीवनशैली, आफ्नो जीवनमा भए भोगेका सम्पूर्ण घटनाक्रम, पारिवारिक र व्यक्तिगत इतिहास, आफ्नो व्यक्तिगत तथा सामाजिक आनिबानी, खानपीन, रहनसहन, इच्छा, अनिच्छा, निन्द्रा, सपना, डर, चिन्ता, सपना, डर, चिन्ता, रिस र उक्त अवस्थामा गरिने प्रतिक्रियाहरु लगायत विरामीसंग सम्बन्धित रोगलाई व्यक्तिगत तवरमा असर गर्न सक्ने सम्पूर्ण अवस्था, परिस्थिती र वस्तुहरु समेतको सुक्ष्म र विश्लेषणात्मक अध्ययन गरी, Lab Test तथा रोगको Diagnosis लाई समेत विचार गरी Totality  या Symptoms को आधारमा diagnosis गरी एक विरामीलाई एकपटकमा एउटा मात्र औषधि दिइन्छ । रोगको नामबाट मात्र औषधि दिइदैन ।
अरु उपचार पद्वतीमा जस्तो हरेक लक्षणलाई अलग अलग औषधी दिनु पर्दैन । हेमियोप्याथिमा रोगको लक्षणलाई शरीरको रोग प्रतिरोधात्मक शक्तिको संकेतको रुपमा लिई रोगको लक्षणलाई नभई रोगको मूल कारणलाई उपचार गरिन्छ । यसरी नितान्त व्यक्तिगत विशिष्टता एवं प्रकृतीको आधारमा दिईएको होमियोप्याथिक औषधिले विरामीको रोग प्रतिरोधात्मक शक्तिलाई क्रियाशिल गरी रोगलाई नियन्त्रण तथा उपचार गर्दछ र शरीरको रोग आफै निको पार्ने निरन्तर चलिरहने प्राकृतिक प्रकृयालाई सहयोग गर्दछ । त्यसैले होमियोप्याथिक उपचार पछी विरामीले शारीरिक रुपमा मात्र नभई मानसिक तथा संवेदनात्मक रुपमा समेत तन्दुरुस्ती महसुस गर्दछ साथै विरामीको Level या Health अझ राम्रो हुन्छ ।

सम्पर्क
भक्तपुर हामियोप्याथिक मेडिकल कलेजद्वारा संचालित
भक्तपुर होमियोप्याथिक क्लिनिक
नागपोखरी ४ भक्तपुर
फोन नं. ०१–६६१३१९७

E-mail: bhmc.nagpokhari@gmail.com
समयः विहान ७ बजे देखि १ बजे सम्म
(आइतवार क्लिनिक बन्द रहनेछं)
अग्रीम नाम दर्ता गरी आउनहुन अनुरोध छ ।